एजेन्सी । भारतमा जिका भाइरसको संक्रमण देखिन थालेको छ।
पश्चिमी राज्य महाराष्ट्रमा अहिलेसम्म जिका भाइरस संक्रमणको आठजना विरामी भेटिएको अधिकारीहरूले जानकारी दिएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार जनामा, अहमदनगर र कोल्हापुर जिल्लामा एक–एक जनामा गरी कुल ८ जनामा संक्रमण पुष्टि भएको हो।
यसरी नेपालसँग खुला जोडिएको भारतमा जिका भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा पनि यसको जोखिम उच्च रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।