काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–४ स्थित इलेक्ट्रो हाइड्रोपावर कम्पनीको डि–सेन्टरमा स्ल्याब ढलान गर्ने क्रममा ढलान भत्किएर पुरिएका कामदारको सकुशल उद्धार गरिएको छ । यस्तै दुई जना पुरिएका छन् ।
पुरिएकामध्ये १० जनाको तीनवटै सुरक्षा निकायको प्रयासमा उद्धार गरिएको हो। उद्धार गरिएकामध्ये एक जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।
पुरिएका २ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।