सन्दीप लामिछानेलाई ग्रेड ‘ए’ मा राख्ने क्यानको निर्णय

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई ग्रेड ‘ए’ मा राख्ने निर्णय गरेको छ।

क्यान स्रोतकाअनुसार पूर्वकप्तान तथा स्पिनर लामिछानेलाई ग्रेडिङमा समावेश गर्ने निर्णय जुलाई १ देखि लागू भएको छ।

यसअघि सन्दीप बलात्कारको आरोप लागेपछि ग्रेडिङ बाहिर थिए। अदालतले उनलाई आरोपबाट सफाई दिएपछि ग्रेडिङमा समावेश गरिएको हो। जिल्ला अदालतले गरेको फैसला उच्च अदालतले उल्टाउँदै उनलाई सफाइ दिएको थियो।

क्यानले यसै वर्षदेखि ग्रेड एमा रहेका खेलाडीलाई मासिक एक लाख रूपैयाँ पारिश्रमिक निर्धारण गरेको छ। यस्तै बी ग्रेडले ७० हजार, सी ग्रेडले ५५ हजार, डी ग्रेडले ३५ हजार र इमर्जिङ क्याटोगोरीले २५ हजार रूपैयाँ पाउने क्यानले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय