काठमाडौं । नेकपा एसको दशौं महाधिवेशन सकिएको छ । पदाधिकारी र केन्द्रीय सदस्य अपुरै राख्दै महाधिवेशन सकिएको हो ।
पाँच दिनसम्म चलेको महाधिवेशनले पुरै पदाधिकारी र केन्द्रीय कमिटी चुन्न सकेको थिएन । महाधिवेशनको हलबाट बिहीबार अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भए ।
‘सम्मानित नेता’कै स्थानमा दोहोरिए, झलनाथ खनाल । महाधिवेशनबाट २१ पदाधिकारी र २९९ केन्द्रीय सदस्य चुन्नुपर्ने थियो । तर, बाँकी १८ पदाधिकारीसहित केन्द्रीय सदस्य सहमतिमा टुंग्याउने नेताहरूको प्रस्ताव महाधिवेशनको हलले अनुमोदन गरेको थियो ।