रास्वपाको संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दै छ । बैठक भोलि बिहान साढे ९ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने गरी बोलाइएको छ । समसामयिक राजनीतिक घटनाक्रम, संसद्का बाँकी काम–कारबाही र विविध विषयमा बैठकमा छलफल गरिने बताइएको छ ।

कांग्रेस र एमालेबीच गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति भएयता केन्द्रीय राजनीति तरंगित छ । वर्तमान सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिइसकेको छ ।

एमाले, जसपातर्फका मन्त्रीहरूले राजीनामा दिइसकेका छन् । रास्वपाका तर्फबाट मन्त्री बनेकाहरू पनि राजीनामापत्र बुझाउन बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहपछि रास्वपा सरकारबाट बाहिरिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय