एमाले र कांग्रेस मिलेर सरकार बनाउने सहमतिकाबीच शेखर कोइरालाले भेटे प्रधानमन्त्रीलाई

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

आज प्रधानमन्त्रीको निवास बालुवाटारमा दुई नेताबिच भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री दाहालले कोइरालालाई फोन गरेर भेट्न बोलाएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । एमाले र कांग्रेस मिलेर नयाँ सरकार गठन गर्ने सहमतिकाबीच भएको यी दुई नेताबीचको छलफललाई बिशेष चासोका साथ हेरिएको छ । तर दुई नेताहरुबीचको छलफलमा के कुराकानी भयो भन्नेबारे भने खुलाइएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय