नेकपा एसको बाँकी रहेका पदमा पुरानै जिम्मेवारी निरन्तरता

काठमाडौं। नेकपा एकीकृत समाजवादी नेकपा एसले बाँकी रहेका पदमा पुरानै जिम्मेवारीलाई निरन्तरता दिने निर्णय गरेको छ।

महाधिवेशनपछिको आज बसेको प्रथम केन्द्रीय कमिटीको बैठकले अर्को व्यवस्था नहुञ्जेलसम्म तत जिम्मेवारीलाई निरन्तरता दिने अन्तरिम व्यवस्था गरेको प्रचार विभाग प्रमुख खतिवडाले बताए ।

बैठकले दशौं राष्ट्रिय महाधिवेशनको प्रारिम्भक समीक्षा गरेर भोलि बिहान ११ बजे बस्नेगरी स्थगित भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले महाधिवेशन भव्यताका साथ सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ। बैठकले भोलि बस्ने बैठकले कमिटीलाई पूर्णता दिन मापदण्ड बनाएर अघि बढ्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय