सुनको मूल्य आज हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा आज सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने उक्त सुन प्रतितोला एक लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि गत जेठ २५ गते एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो । यस दिन तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेर कारोबार भएको छ । चाँदी तोलामा २० रुपैयाँ बढेर एक हजार ८९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय