अस्ट्रेलियाद्वारा भेडाको निर्यातमा प्रतिवन्ध

एजेन्सी । अस्ट्रेलियाका कृषि मन्त्रीले संसदले जिउँदो भेडाको निर्यातमा प्रतिवन्ध लगाउने गरेको निर्णयको स्वागत गरेका छन्।

मन्त्रीपरिषद्ले एक सरकारी कानून पारित गर्दै सो निर्णय गरेको थियो। साथै जुनमा संसदको तल्लो सदनबाट पनि पारित भएपछि मे १, २०२८ सम्म अस्ट्रेलियाबाट जीवित भेडा निर्यातमा प्रतिबन्ध लगाइएको छ। २०२२ को आम चुनावमा लेबर पार्टीले सत्ता जित्ने क्रममा जीवित भेडाको निर्यातमा प्रतिबन्ध लगाउने प्रतिवद्धता गरेको थियो।

सरकारी तथ्याङ्कका अनुसार अस्ट्रेलियाको जीवित भेडा निर्यातको मूल्य सन् २००२–०३ मा ४१५ मिलियन अस्ट्रेलियन डलर (२७६.०४ मिलियन अमेरिकी डलर) बाट २०२२–२३ मा ७७ मिलियन अस्ट्रेलियन डलर (५१.२२ मिलियन अमेरिकी डलर) मा झरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय