काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले दबाब आउँदैमा प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन् । आज संसदबाहिर सन्चारकर्मीसंग करा गर्दै अर्थमन्त्री पुनले एमाले र काँग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीले संसदबाट विश्वास मत लिएर मात्रै छाड्ने बताए ।
यस्तै, उनले एमाले काँग्रेस सत्ता समीकरण संविधान संशोधन गरी प्रश्चगमनतिर लैजाने गरी भएको दाबी गरे । उनले संसद फेस गरेर प्रधानमन्त्रीले एमाले र काँग्रेससँग दुई दल किन मिल्नुभयो भनेर प्रश्न गर्न खाजेको बताए ।