कांग्रेस र एमालेबिच भएको सम्झौता नभइ समझदारी हो: महेश बर्तौला

काठमाडौं । एमाले प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस र एमालेबिच भएको सम्झौता नभएर समझदारी भएको दाबी गरेका छन् ।

आज सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले दुई दलबीच भएको समझदारीबारे अपारदर्शी भनेर टिप्पणी भए पनि उक्त समझदारी पारदर्शी भएको दाबी गरे ।

उनले दुई दलबीचको समझदारी देशको सङ्कट मोचन गर्नका लागि भएको पनि बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय