काठमाडौं । देशभर मनसुन थप सक्रिय भएको छ जसकारण लगातार अति भारी भइरहेको छ । अस्ति शुक्रबारदेखि हिजो आइतबारसम्म देशका धेरै स्थानमा अति भारी वर्षा भयो । आज सोमबार भने वर्षा केहि कम भएको छ । जेठ २८ गतेदेखि प्राकृतिक विपद्मा परी ७४ जनाको मृत्यु भएको छ ।
अविरल वर्षाको कारण जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म ७४ जनाको मृत्यु र ५ बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । प्राकृतिक विपद्मा परी ८८ जना घाइते भएको मन्त्रालयको तथ्यांक छ । ५३ जनाको सकुशल उद्दार गरिएको गृह मन्त्रालयले जनाएको छ ।