बाढीपीडितलाई तत्काल राहत र पुनः स्थापनाका काममा लाग्न रमेश लेखकको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अविरल वर्षाका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षतिबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको आकस्मिक समयमा उनले देशभर बाढीपहिरो र डुबानबाट आजसम्म ७४ जनाको निधन, ६ जना बेपत्ता र ८६ घाइते भएका तथा अर्बाैंको क्षति भएको बताए ।

सांसद लेखकले बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउन र पुनः स्थापनाका काममा लाग्न आग्रह गरे । उनले कञ्चनपुरलगायत जिल्लामा बाढीपहिरो र डुबानबाट प्रभावित जनता घरबाहिर बस्नुपरेको बताउँदै तत्काल सहयोग गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर