रास्वपाबाट नभई  रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ: मुकल ढकाल

काठमाडौं । डा. मुकल ढकालले रवि लामिछाने क्लबबाट निष्कासित भएको स्पष्टीकरण दिएका छन् । रास्वपाको महामन्त्रीबाट बर्खास्त भएका ढकालले पार्टीबाट नभई सभापति लामिछानेको क्लबबाट निस्कासित भएको बताएका छन् ।

ढकाललाई आज मंगलबार बिहान बसेको केन्द्रीय समितिको बैठकले साधारण सदस्यता मात्रै कायम रहने गरी प्रवक्ता, महामन्त्री र केन्द्रीय सदस्यबाट हटाएको छ ।

ढकालले रास्वपामै रहने भने संकेत गरेका छन् । उनले भनेका छन्, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय