नयाँ सरकारमा उपप्रधानमन्त्री नराखिने

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसको समिकरणमा बन्ने नयाँ सरकारमा उपप्रधानमन्त्री नराखिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिँदै एमाले कांग्रेससंग मिलेर सरकार गठनको तयारीमा छ ।

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएर आगामी शुक्रबार संसदमा विश्वासको मत लिने तयारी गरेका छन् तर प्रचण्डले विश्वासको मत नपाउने पक्काजस्तै भइसकेको छ । उनको पक्षमा ६६ सांसद मात्रै छन् ।

यस्तै अहिले एमाले र कांग्रेसमा भने सरकारमा को-को जाने भन्ने विषयमा आन्तरिक छलफल चलिरहेको छ । कांग्रेसमा उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय दिएमा महामन्त्री गगन थापा, नेताद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलामध्ये एकलाई पठाउने सम्भावना देखिएको छ ।

तर यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच उपप्रधानमन्त्री नराख्ने विषयमा छलफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय