काठमाडौँ । सहकारीको रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पीडितहरूसँग छलफल गर्ने भएको छ।
आज मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले भोली पीडितहरूसँग छलफल गर्ने निर्णय गरेको हो।
सहकारीका पीडितहरूसँग प्रतिनिधिमूलक ढंगले छलफल गर्ने निर्णय गरिएको विशेष समितिका सभापति सूर्यब थापाले जानकारी दिए।