काठमाडौं । विशेष अदालतले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टचार गरेको आरोपमा ५ जनालाई कैद तथा जरिवानाको सजाय सुनाएको छ।
सर्लाहीको लालबन्दीस्थित प्रतिष्ठानका नाममा भ्रष्टाचार गरेको आरोपमा मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमारलाई सबैभन्दा बढी ९ वर्ष १ महिना कैद तोकिएको छ।
उनलाई कसुरअनुसार ८ वर्ष र पदीय जिम्मेवारीका हिसाबले थप १ वर्ष १ महिना कैद हुने फैसला भएको हो।