काठमाडौं । गुल्मीमा हालसम्म २ हजार ६६९ जनाले मात्रै राष्ट्रिय परिचयपत्र लिएका छन्।
जिल्ला प्रशासन कार्यालयका अनुसार ५५ हजार ९८६ परिचयपत्र बनेर आए पनि २६६९ जनाले मात्रै परिचयपत्र लिएका हुन् ।
घुम्ती टोलीमार्फत र जिल्ला प्रशासन कार्यालय गुल्मीमा परिचयपत्रका लागि हालसम्म विवरण दर्ता गराएकाको संख्या १ लाख ९७ हजार ११३ जना रहेको प्रशासनले जनाएको छ।
घुम्ती टोलीमार्फत १ लाख २९ हजार ३५९ जना र प्रशासनबाट ६७ हजार ७५४ जनाको विवरण दर्ता भएको छ।