काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनमत पार्टीले पनि विश्वासको मत नदिने भएको छ ।
पार्टीको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा। शरदसिंह यादवले जानकारी दिए । प्रधानमन्त्री दाहालले शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची छ ।
जनमत पार्टीको प्रतिनिधिसभामा छ सांसद छन् ।