करिव ६५ यात्रु सवार बस त्रिशुलीमा खसेको आशंका, खोजी सुरु

काठमाडौं । करिव ६५ जना यात्रु सवार दुई वटा बस चितवनमा पहिरोले बगाएको छ ।ति बस त्रिशुलीमा खसेको आशंका गरिएको छ भने अहिले दुर्घटना स्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी तथा उद्धार कार्य सुरु गरेको छ।

आज शुक्रवार बिहान ३ बजे भरतपुर–२९ सिमलतालमा गएको पहिरोमा परेर दुई वटा गाडी बेपत्ता भएको प्रहरीले जनाएको छ। दुवै गाडीमा गरी ६५ जना सवार रहेको अनुमान छ।

यात्रुमध्ये केहीले झ्यालबाट फलानेर बचेको र केही अझै बेपत्ता भएकाले खोजी सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय