त्रिशुलीमा खसेका बस र यात्रु अझै भेटिएनन्, आजको लागि खोजी रोकियो, भोलि बिहानैदेखि सुरु गरिने

काठमाडौँ । चितवनको सिमलतालमा पहिरोमा परेको यात्रुसहितका दुईवटा बस र यात्रुहरु अझै भेटिएनन् । दिनभर खोज्दा पनि यात्रु र बसको अवस्था अज्ञात छ । पानी परि परिरहेको र राती पनि भइसकेकाले आजको लागि खोजीकार्य रोकिएको छ । भोलि बिहानैदेखि फेरि खोज्ने प्रहरीले जनाएको छ । गाडीमा करिव ५५ जना यात्रु सवार रहेको बुझिएको छ ।

सडकमा गुडिरहेको यात्रुबाहक बस पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएको प्रहरीको भनाइ छ ।
नारायणगढ–मुग्लिङ सडक खण्डको सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स नदीमा खसेका हुन् ।

एन्जल वीरगन्जबाट काठमाडौँतर्फ र गणपति काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा शुक्रवार बिहान सो बस घटनामा परेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय