भोलिका लागि बोलाइएको संसद बैठक सोमबार बस्ने

काठमाडौं। प्रतिनिधिसभाको आइतबारका लागि निर्धारित बैठक पर्सी सोमबारका लागि सरेको छ।

आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद् सचिवालयले आज सूचनामार्फत जानकारी गराएको छ।

यसैगरी आइतबार अपराह्न १ : १५ मा बस्ने गरी निर्धारण भएको राष्ट्रियसभाको बैठक पनि सोमबार बिहान ११ : ३० बजे बस्ने गरी तय भएको संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयद्वारा सूचनामा जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय