आफ्नो विषयमा विवादमा आएका कुराको अनुसन्धान अघि बढाउन प्रहरीसँग रविको आग्रह

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा विवादमा आएका कुराहरुको अध्ययन अनुसन्धान अघि बढाउन नेपाल प्रहरीसँग आग्रह गरेका छन्।

आज आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन्। उनले आफ्नो बारेमा पनि धेरै प्रश्नहरु उठेको भन्दै आफू मन्त्री भएकाले कुनै प्रभाव परेको भए आजबाट अनुसन्धान र अध्ययन प्रक्रिया अघि बढाउन सकिने बताए।

उनले आफूले सरुवा र बढुवा कुनै व्यक्ति विशेषलाई हेरेर नगरेको बताए। उनले आफूले नेपाल प्रहरीमा कुनै पनि विधि मिच्ने काम नगरेको जिकिर गरे। उनले आफू गृहमन्त्री भए पनि आफूले सुरक्षा निकायलाई आफ्नो बारेमा अध्ययन, अनुसन्धान नगर भनेर निर्देशन नदिएको बताए। गल्ती गरेको जो कोही पनि बच्नु र बचाउनु नहुने बताए।

सुनको अनुसन्धानको छानबिनको प्रतिवेदन सार्वजनिक गर्न आफूलाई कुनै आपत्ति नरहेको भए पनि राज्यका सुरक्षा निकायको गोपनीयतालाई मध्यनजर गरी सार्वजनिक नगरेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय