उपप्रधानमन्त्री नराखिने बताएको नयाँ सरकारमा दुई राखिने, अर्थमन्त्रीमा विष्णु पौडेल

काठमाडौँ । कांग्रेस र एमालेबीचको समिकरणमा बनेको नयाँ सरकारमा दुई जना उपप्रधानमन्त्री रहने भएका छन् । यसअघि उपप्रधानमन्त्री नराखिने बताइए पनि अब भने दुई जना रहने जनाइएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा दुई जना उपप्रधानमन्त्री रहने लगभग निश्चित भएको हो ।

जसमा एमाले र कांग्रेसका एक–एक जना उपप्रधानमन्त्री हुने निश्चित भएको कांग्रेस र एमालेका नेताहरूले बताएका छन् । यस्तै पूर्व अर्थमन्त्री विष्णु पौडेल नयाँ अर्थमन्त्री हुने लगभग पक्काजस्तै भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय