२० करोड रुपैयाँ पर्ने कोकिनसहित मलेसियन नागरिक पक्राउ

काठमाडौं । २० करोड रुपैयाँ पर्ने कोकिनसहित मलेसियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४७ वर्षीया मलेसियन नागरिक ​भाथुमलाई भदिभालो छिन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो ।

उनको साथबाट ५ किलो ८२० ग्राम कोकिन बरामद भएको प्रहरीले जनाएको छ । ती महिलाले छ वटा विद्यालय झोलामा ‘फल्स बटम’ बनाई उक्त पदार्थ थाइल्याण्डको बैङ्कक हुँदै नेपाल भित्र्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो ।

बरामद भएको उक्त कोकिनको मूल्य ​अन्तर्राष्ट्रिय बजार दर अनुसार २० करोड ३७ लाख नेपाली रुपैयाँ हुन आउने परिसरले जनाएको छ ।

काठमाडौं महानगरपालिका–२९ ठमेलस्थित १ होटलबाट उक्त लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेकी महिलाले लाओस वा थाइल्याण्डबाट कोकिन ल्याएको प्रहरीको आशङ्का छ । कोकिन पठाउने लाओस वा थाइल्याण्डमा रहेको र पाउने भारतमा रहेको अनुमान प्रहरीको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय