काठमाडौं। आज सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दैछन्। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने भएको छ।
यस्तै राष्ट्रिय सभाको बैठक दिउँसो सवा ३ बजेका लागि बोलाइएको सचिवालयले जनाएको छ। सचिवालयले दुवै बैठकको सम्भावित कार्यसूची भने सार्वजनिक गरेको छैन।