काठमाडौं। नवनियुक्त शिक्षामन्त्री विद्या भट्टराईले पदभार ग्रहण गरेकी छन्। शपथ ग्रहण लगत्तै मन्त्रालय पुगेर एमाले नेतृ भट्टराईले शिक्षा मन्त्रालयको पदभार ग्रहण गरेकी हुन्।
मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले विद्यार्थीलाई दिइने दिवा खाजालाई स्थानीय उत्पादनसँग जोड्नका लागि अध्ययन गर्न समिति गठन गरेकी छन्।
मन्त्रालयका अनुसार उक्त समितिमा शिक्षा मन्त्रालयका साथै कृषि मन्त्रालय, स्वास्थ्य मन्त्रालय र योजना आयोगका प्रतिनिधिहरू सहभागी हुनेछन्। उक्त समितिले स्थानीय कृषि उत्पादनलाई दिवा खाजामा जोड्न राष्ट्रिय प्रारूप तयार गर्ने बताइएको छ।