काठमाडौं । शेयर बजार आज उच्च अङ्कले बढेको छ ।
हिजो १७ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज ७० दशमलव १८ अङ्कले बढेर २ हजार ३ सय १० दशमलव ५९ विन्दुमा पुगेको छ ।
शेयर बजार २६ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि २०७९ साल वैशाख २९ गते शेयर बजार २ हजार ३ सय ५० दशमलव ४२ विन्दुमा पुगेको थियो ।
आज म्युचल फन्ड समूह बाहेक सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक, होटल, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।