काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् ।
संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएर प्रमाणीकरणका लागी राष्ट्रपतिकहाँ पुगेका तीन विधेयक उहाँले आज प्रमाणीकरण गरेका हुन् ।
संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।