काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा झण्डै १ लाख ५० हजार रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम गरेको जनाएको छ ।
आज बुधबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८ सय रुपैयाँ कायम भएर कारोबार भएको थियो ।
यसैगरि आज तेजाबी सुन तोलामा १ लाख ४८ हजार १ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि आज बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर १ हजार ८ सय ९५ रुपैयाँ कायम भएको छ ।