काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आइतबार विश्वासको मत लिने भएका छन्। सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाका अनुसार संविधानको धारा ७६ (२) अनुसार नियुक्त भएका प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिन लागेका हुन्।
गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले असार ३१ गते शपथ ग्रहण गरेर पद सम्हालेका थिए।