काभा महिला भलिबलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । माल्दिभ्समा हुन लागेको २० वर्षमुनिको काभा महिला भलिबल प्रतियोगितामा आज बिहीबार नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ। नेपाल र श्रीलंकाबीचको खेल मालेमा राति सवा ९ बजेदेखि हुनेछ।

जुलाई २३ सम्म चल्ने प्रतियोगितामा नेपालले पहिलो पटक उमेर समूहमा प्रतिस्पर्धा गर्न लागेको हो। सेन्ट्रल एसियन भलिबल एसोसिएसन=काभाको कार्यक्रम अनुसार हुन लागेको प्रतियोगितामा नेपाल, श्रीलंका, आयोजक माल्दिभ्स र किर्गिस्तान गरी चार टोली सहभागी छन्।

नेपालले दोस्रो खेलमा पर्सि २० जुलाईमा कीर्गिस्तानसँग र तेस्रो खेलमा पनि २० जुलाईमै माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय