काठमाडौँ । वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको ९२ वर्षको उमेरमा निधन भएको छ।
द्वारिका होटल एन्ड रिसोर्टकी अध्यक्षसमेत रहेकी श्रेष्ठको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज निधन भएको उनको परिवारले जनाएको छ। निमोनिया र बाथ रोगबाट पीडित श्रेष्ठ दुई महिनादेखि उपचाररत थिइन्।
विगत ६५ वर्षदेखि होटल तथा पर्यटन व्यवसायमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि पूर्णरूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। होटल तथा पर्यटन व्यवसायी श्रेष्ठले चार वर्षअघि क्यान्सर रोगलाई जितेकी थिइन्। उनका दुई छोरी छन्। उनका श्रीमान् र छोराको यसअघि निधन भइसकेको छ।
होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले मुलुकको पर्यटन तथा होटल व्यवसायको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएकी श्रेष्ठको निधनबाट यस क्षेत्रलाई अपूरणीय क्षति पुगेको बताए।