आज पनि उच्च अङ्कले बढ्यो शेयर बजार

काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन पनि उच्च अङ्कले बढेको छ । गएको सोमवार घटेको शेयर बजार त्यसयता बढ्दै आएको छ । आज शेयर बजार परिसूचक नेप्से ५९ दशमलव ६८ अङ्कले बढेर दुई हजार चार सय २४ दशमलव ३२ विन्दुमा पुगेको छ ।

आज फाइनान्स र जलविद्युत् बाहेक सबै समूहको शेयर बढेकोमा बीमा, माइक्रोफाइनान्स, उत्पादन, बैंकिङ समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज नेपाल इनभेस्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स, आँखु खोला जलविद्युत् कम्पनी, उपकार लघुवित्त र थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन कुमारी सबल योजनाको शेयर भने साढे पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज कारोबार रकम पनि उल्लेख्य बढेको छ । आज तीन सय १२ वटा कम्पनीका ३ करोड ९९ लाख कित्ता शेयर १५ अर्ब ५४ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय