काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूहरु फोटो टाँस्नका लागि मात्रै सरकार नबनाएको बताएका छन् । आज बिहीवार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले आफूहरु सरकारको सूचिमा अर्को एउटा सरकार बनाउने र प्रधानमन्त्रीको सूचिमा अर्को फोटो टाँस्नका लागि मात्रै सरकारमा सहभागी नबनेको जिकिर गरे ।
उनले अहिले देश साँच्चै नै अफ्ठ्यारो स्थितिमा रहेको बताए । उनले अहिलेको देशको स्थितिलाई महशुस गरी त्यसबाट मुक्ति दिलाउन सरकारमा आएको बताए ।