प्रधानमन्त्री ओलीसँग सांसदहरुको आगामी ७ गते प्रश्नोत्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरुको आगामी ७ गते प्रश्नोत्तर हुने भएको छ । सभामुख देवराज घिमिरेले संसदका आगामी कार्यक्रमबारे संसदका राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् ।

बिहीवार सभामुख घिमिरेले संसदमा सहभागी राजनीतिक दलहरुका प्रमुख सचेतकहरुसँग संसदका आगामी कार्यक्रमबारे छलफल गरेका हुन् ।

उनले प्रधानमन्त्री ओलीले साउन ६ गते संसदमा विश्वासको मत लिने र त्यसलाई व्यवस्थित बनाउनेबारे छलफल भएको सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय