नेपालले आज युएईसँग प्रतिष्पर्धा गर्दै

काठमाडौं – महिला एसिया कप क्रिकेटमा आज नेपालले समूह चरणको आफ्नो पहिलो खेल खेल्दैछ ।

श्रीलंकाको राङ्गिरी दम्बाला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपाली टोली युएइको महिला टोलीको सामना गर्नेछ। यो खेल आज दिउँसो सवा २ बजे शुरु हुने तालिका छ।

महिला एसिया कप खेल्न समूह ए मा रहेको नेपाली महिला क्रिकेट टोलीले समूह चरणमा युएईसँगै पाकिस्तान र भारतसँग प्रतिस्पर्धा गर्ने छ।

यसअघि सन् २०१२ र २०१६ मा महिला एसिया कप खेलेको नेपालले आठ वर्षपछि पुनः अहिले प्रतियोगिता खेल्न लागेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय