काठमाडौँ । नेपाली चलचित्र ‘मोदीबेनी’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।
काठमाडौंको नयाँ बानेश्वरमा रहेको आइएनआइ सिनेमा हलमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो ।
चलचित्रमा अभिनेत्री वर्षा सिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठबिच अंकुराएको प्रेमलाई सुन्दर ढङ्गले बुनिएको छ । चलचित्र यहि श्रावण १८ गते रिलिज हुने छ ।