काठमाडौं । उपसभामुख इन्दिरा रानाले पदीय मर्यादाविपरीत अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि विवादित बनेकी छिन् ।
आफूसहित ६ जनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन दूतावासलाई आग्रह गरेको पत्र सार्वजनिक भएपछि उनी विवादमा तानिएकी हुन् । डेढ वर्षअघि दूतावासका कन्सुलर जनरललाई सम्बोधन गर्दै लेखिएको पत्रमा उपसभामुखको लेटरहेड, छाप र हस्ताक्षर रहेको छ।
आफूसहित केही युवालाई भिसा दिलाउन भन्दै उपसभामुख रानाले आफ्नो कार्यालयको लेटरहेडमा सिफारिश गरेको पत्र अहिले सार्वजनिक भएको हो । उपसभामुख यसअघि पनि विभिन्न प्रकरणमा विवादित भइसकेका थिइन् । यतिबेला उनको आलोचना र टिप्पणी भइरहेको छ । यसबारेमा रास्वपालाई पहिला नै जानकारी भएको पाइएको छ ।