काठमाडौं । महिला एशिया कप टी–२० क्रिकेटमा नेपालले ऐतिहासिक जीत हात पारेको छ ।
आज भएको उद्घाटन खेलमा नेपालले यूएईलाई ६ विकेटले हरायो । प्रतियोगितामा तेस्रो पटक सहभागिता जनाएको नेपालको यो पहिलो जित हो ।
नेपाल र यूएईको खेलपछि आजै भारत र पाकिस्तान खेल्दैछन् । आजदेखि शुरु भएको नवौँ संस्करणको महिला एशिया कप प्रतियोगिताको फाइनल खेल आउँदो जुलाई २८ मा हुनेछ ।