कांग्रेसको संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

बैठक भोलि आइतबार मध्याह्न १२ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने पार्टीको संसदीय दलको कार्यालयले जनाएको छ ।

बैठकमा सरकार, संसद र समसामयिक विषयमा छलफल हुने बताइएको छ। यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गर्ने बताइएको छ।

प्रतिनिधिसभा बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय