पूर्वयुक्रेनी राष्ट्रवादी सांसदको एक बन्दुकधारीद्वारा गोली हानी हत्या

एजेन्सी । युक्रेनी भाषाको बचाउ गर्दै बारम्बार मुखर अभिव्यक्ति दिने एक पूर्वयुक्रेनी राष्ट्रवादी सांसदको गृहनगर एलभिभमा एक बन्दुकधारीले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

युक्रेनको अतिराष्ट्रवादी स्वोबोडा पार्टीकी सदस्य रहेकी ६० वर्षीया इरिना फारियनले केही समय संसद्को सदस्यका रूपमा काम गरेकी थिइन् । रुसी भाषा बोलेर अधिकारी र सैनिकलाई चिढ्याएका कारण उनी विवादमा तानिएकी थिइन् ।

“गोली लागी सख्त घाइते हुनुभएकी फारियनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ,” एल्भिभका नगर प्रमुख एन्ड्री साडोभीले शुक्रबार अबेर टेलिग्राममा गरेको पोस्टमा उनको चोट र मृत्युबारे तादाम्यता नदेखिएको बताएका छन् ।

उनले भनेका छन्, “युक्रेनमा अब कुनै सुरक्षित ठाउँ छैन । यस्तो निर्लज्ज, दुस्साहसी हत्या हुनुलाई नागरिकको सुरक्षाप्रतिका चासोका रूपमा हेरिएको छ । हत्यारालाई पत्ता लगाई तत्काल कडा कारबाही गरिनुपर्छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय