एसिया कप: नेपालले आज पाकिस्तानसँग रात्रिकालिन खेल्दै

काठमाडौं । एसिया कपमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ।

श्रीलंकामा जारी नवौं संस्करणको आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ। यो खेल नेपाली समय अनुसार साँझ सवा ७ मा सुरु हुनेछ।

नेपालको पाकिस्तानको राष्ट्रिय क्रिकेट टोलीसँग टी(२० आई मान्यता प्राप्त खेल भने पहिलो पटक खेल्न लागेको हो।

पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको छ। पाकिस्तान भने भारतसँग सात विकेटले पराजित भएको थियो। यो खेल नेपाली महिला क्रिकेट टिमको पहिलो रात्रिकालिन क्रिकेट पनि हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय