काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा मन्त्रिपरिषद् बैठक बस्दै छ। प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ ६ बजे बैठक बोलाइएको हो ।
एमाले अध्यक्ष ओली नेतृत्वको सरकार बनेपछि मन्त्रिपरिषद्को तेस्रो बैठक बस्न लागेको हो । बैठकमा मन्त्रालयका नियमित एजेण्डाहरूमाथि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
अहिले सरकारमा एमाले, कांग्रेस, जसपा र लोसपा सहभागी छन् ।