कति पुग्यो आज सुन तोलामा?

काठमाडौँ । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४५ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैबिच सोमबार चाँदीको मूल्य तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय