डेङ्गुबाट कसैले पनि ज्यान गुमाउनु नपर्ने अवस्था निर्माणका लागि काम गरेका छौं: स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले डेङ्गुबाट कसैले पनि ज्यान गुमाउनु नपर्ने अवस्था निर्माणका लागि मन्त्रालयले काम गरिरहेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रतिमा गौतमले प्रस्तुत गरेको डेङ्गु नियन्त्रणसम्बन्धी जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले डेङ्गु रोकथाम तथा नियन्त्रण गर्न आवश्यक रणनीति अख्तियार गरिएको जानकारी दिए।

मन्त्री पौडेलले डेङ्गु रोकथाम तथा नियन्त्रण कार्ययोजना २०८१ अनुसार काम भइरहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर