काठमाडौं । एसीसी महिला एसिया कपमा नेपाल भारतसँग ८२ रनले पराजित भएको छ । यससँगै नेपाल समूहचरणबाटै बाहिरिएको छ ।
मंगलबार श्रीलंकाको धमुल्लामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको १७९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९६ रनमात्र बनाउन सकेको हो ।
समूहबाट भारत भने विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ ।