काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएको छ।
बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा दुर्घटनामामा परेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। उनका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो।
उक्त विमानमा १९ जना यात्रारत रहेको बुझिएको छ ।
विमानस्थलमा आगलागी भइ धुवाँ उडिरेहेको छ। सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन्। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।