काठमाडौँ । हिजो बुधबार भएको सौर्य एयरलाइन्सको विमानका पाइलट मनिषरत्न शाक्यको अवस्था खतरामुक्त छ । काठमाडौं मेडिकल कलेजमा उनको उपचार भने जारी छ । उक्त दुर्घटनामा एक नाबालकसहित १८ जना यात्रुको मृत्यु भएको छ ।
भाइते शाक्यको अवस्था खतरामुक्त रहेको र बोल्न सक्ने अवस्थामा रहेको केएमसी अस्पतालका एक अधिकारीले बताए तर उनीसँग कसैलाई पनि भेट्न दिइएको छैन । पाइलट शाक्यको अस्पतालको न्युरो सर्जरी आइसियुमा राखेर उपचार भइरहेको छ ।
उनले विमान उडान भरेको केही छिनमै खसेको र नियन्त्रणमा लिन नसकेको बताएको उच्च स्रोतले जनाएको छ ।