कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ।

लामो समयदेखि मिर्गौला रोगबाट पीडित नकर्मी गएराति पौने ११ बजे वीर अस्पतालमा उपचारको क्रममा निधन भएको नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले जानकारी दिइन।

उनको शव अहिले अस्पतालमै रहेको र बिहान ९ बजेदेखि ११ बजेसम्म नगरपालिकामा श्रद्धान्जलीका लागि राखिने बताइन्।

नकर्मीको निधनमा आज नगरपालिकाभर शोक बिदा दिइएको छ। उनको आजै अन्त्येष्टि गरिने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय